LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

काठमाडौँ , कात्तिक २२ गते । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको उत्साहजनक साथ पाएसँगै सो थपिने क्रम जारी छ । दर्शकबाट माग बढेपछि चलचित्र हलहरूले बिहानदेखि मध्यरातिसम्म यसको सो उपलब्ध गराएका छन् । देशको ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई बिहान ७ बजेदेखि मध्यरातिसम्मको सो दिएको छ ।

आइएनआई, बिग मुभिज, वान सिनेमाज, एफक्युब, सिडिसीलगायतका हलमा पनि फिल्मको सो बढेका छन् । बुधबार बिहानैदेखि चलचित्रको सो हाउसफुल थिए भने बिहीबारको बुकिङ पनि राम्रो देखिएको छ । विजय बराल अभिनीत यो चलचित्र लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको हो । चलचित्रले पाँच दिनमा ९सोमबारसम्म० चार करोड ८७ लाख रुपियाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । छोराको भविष्यका लागि बुवाले गर्ने सङ्घर्षको कथामा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । विजयसँगै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बाँस्तोला, स्वयम् केसीलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय