LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल । संचारकर्मीद्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोर्कापण भएको छ । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमको सो पुस्तक आइतबार एक कार्यक्रमका विच लोर्कापण भएको हो ।

लोर्कापण कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताए । वरिष्ठ पत्रकार खिमान्द्र भट्टराईले पनि पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताए । साथै उनले पुस्तक लेख्नलाई आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताए । साथै उनले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताए ।

यस्तै अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताए । साथै उनले अब आफु संचारकर्ममा केही समय सक्रिय नहुने भएपनि संचार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने बताए ।

कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे पनि सहभागि रहेका थिए । उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि संचारकर्ममा सक्रिय रहँदै आएका छन् ।

उनले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आएका छन् । २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतम पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय