LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

कात्तिक २५ गते। गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतबारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय