LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

कालीकोट, कात्तिक २५ गते । कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप आइतबार दिउँसो २ बजेर ३० मिनेटतिर राडुकाप्रे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । गाडीमा कति जना थिए भन्ने खुलेको छैन । अझै खोज तथा उद्धारमा प्रहरी र स्थानीय जुटेका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । थप विवरण भने आउन बाँकी नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय