LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा दुर्घटना भएको प्रहरीको जनाएको छ ।

उक्त बोलेरोमा सवार ७ जना यात्रुमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । जिपमा सवार घाइतेलाई जाजरकोट अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

बारेकोट गाउँपालिकाका ७० वर्षीय ओइला घर्ती, ७१ वर्षीय तुलसी पुन, ६० वर्षीय धनकली थापा, २२ वर्षीय आकाश घर्ती, ७८ वर्षीय निलु सिंह, ८० वर्षीय पद्मी घर्ती, ७० वर्षीय जैकली रोकाय सवार रहेका नलगाड नगरपालिका –४ का वडा अध्यक्ष बद्री पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय