LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनहरूले बक्यौता रकम नउठाई लाइन जोडिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले ऊर्जामन्त्री एवम् प्राधिकरण सञ्चालक समिति अध्यक्ष दीपक खड्कालाई सम्बोधन गरी लेखिएको चेतावनीपत्रमा बक्यौता उठाएर मात्रै लाइन जोड्नुपर्ने उल्लेख छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने निर्णय गरेपछि प्राधिकरणका कर्मचारी सङ्गठनहरूले मन्त्री खड्कालाई पत्र लेखेका हुन् । अरू उपभोक्तालाई ६० दिनसम्म महसूल नबुझाउँदा लाइन काटी जरिबानासमेत असूल गरिँदै आएको भए पनि केही उद्योगहरूले अनावश्यक विवाद खडा गर्ने गरेको ती सङ्गठनको चेतावनी छ । पत्रमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भए अन्य उपभोक्तामा पनि महसूल नतिर्ने प्रवृत्ति हाबी हुँदै जाँदा संस्था नै धराशयी हुने खतरा रहेको उल्लेख छ ।

देशमा चरम बिजुली अभाव भई आमनागरिक अन्धकारमा रहेका बेला नियमित उपयोग गरेको बिजुलीको महसूल नतिर्न उद्योगीहरूले अदालत र अरू शक्ति केन्द्रको प्रयोग गरेको कर्मचारी सङ्गठनहरूको ठहर छ । सरकारको यस्तो निर्णयले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ति चरितार्थ हुने भन्दै कर्मचारी सङ्गठनहरूले बक्यौता भुक्तानी भएपछि मात्र लाइन जोड्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय