LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |
module: a; hw-remosaic: 0; touch: (0.4351852, 0.4351852); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 136.0; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती भएसँगै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ ।

यसअघि यात्रु नपाउने लगायतका समस्या देखाएर भैरहवाबाट उडान नगरेका वायु सेवा कम्पनीहरूले नियमित तालिका बनाएर उडान गर्न थालेका छन् । चार वटा कम्पनीले नियमित उडान शुरू गरिसकेका र भोलिदेखि कतार अरवेजले पनि उडान शुरू गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अहिले थाई एअर एशिया, नेपाल वायु सेवा निगम, जजिरा एअरवेज र फ्लाई दुबईले नियमित उडान शुरू गरिसकेका छन् ।

भैरहवा विमानस्थल अहिले १८ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलमा एक घण्टामा दुई वटा अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता छ । विश्वका ठूला एअरलाइन्सले नियमित उडान थाल्नु भनेको भैरहवा विमानस्थाल विश्व एरोनटिकल कम्युनिटीको पहिचानमा पर्नु रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद पक्ष रहेको बताउनुभयो । भैरहवामा उडान शुरू भएपछि विकल्प र प्रतिस्पर्धा दुवै भएर अहिले बढेको हवाई भाडा पनि घट्ने उहाँको भनाइ छ ।

२०७९ साल जेठदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालै कुवेतको जजिरा एअरवेजले उडान थालेको थियो । जजिरासँगै नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पनि केही समय उडान गरे पनि केही समयमै उडान रोकेका थिए ।

अहिले त्रिभुवन विमानस्थलको उडान कटौती भएका बेला मात्र नभई नियमित सञ्चालनका लागि वातावरण बनाउनुपर्ने व्यवसायीहरू बताउँछन् । भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमति हुँदा लुम्बिनीसँगै कर्णाली, सूदूरपश्च्मि र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय