LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – शेयर बजार आज पनि बढेको छ । हिजो साढे ६२ अङ्कले बढेर शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम झन्डै दुई महिनायताकै उच्च भएको छ । गएको भदौ ३० गते १० अर्ब ३३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज तीन सय दुई वटा कम्पनीका दुई करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय