LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

कात्तिक २६,
सुर्खेत – राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको जनसङ्ख्या घटेर अहिले एक सय ३५ जनामा झरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आफ्नो बाजेको पालामा झन्डै सात सय रहेको राउटेको सङ्ख्या अहिले एक सय ३५ जनामा झरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । पछिल्ला वर्षहरूमा सरकारले राउटेका लागि भत्तासँगै विभिन्न सुविधाहरू दिए पनि सङ्ख्या बढ्नुको साटो झनै घटिरहेको छ ।

अहिले बालबालिका जन्मिने क्रम निकै कम भएको शाहीले बताउनुभयो । पछिल्लो साढे दुई वर्षको अवधिमा राउटे समुदायमा दुई जना बालबालिका जन्मिएका छन् । जनसङ्ख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ ।

राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा सामाजिक मूल्य मान्यताका कारण पनि राउटेको सङ्ख्या घटिरहेको बताउनुहुन्छ । उहाँका अनुसार राउटेभित्र तीन वटा समुदाय छन् । एउटै समुदायका केटा र केटीको विवाह गर्नु हुन्न । यसैले धेरै युवायुवतीको विवाह नै हुन सकेको छैन ।

यस्तै श्रीमानको मृत्युपछि जतिसुकै उमेरको भए पनि महिलाले विवाह गर्न पाउँदैनन् । अहिले २३ जना एकल महिला छन् । तीमध्ये धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका थापाले बताउनुभयो ।

पछिल्लो समय जाँड–रक्सी खाएपछि लडेर ज्यान गुमाउने क्रम पनि बढेको छ । सरकारले दिएको भत्ता धेरैजसो जाँड–रक्सीमा खर्च भएको पाइएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय