LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गिया स्थित नवदुर्गा भवानी शैलपुत्री शक्ति पिठमा डेढ करोड दिप प्रज्वलन गरिएको छ । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसरमा हरिबोधनी एकादशीका दिन मंगलबार एक कार्यक्रमको आयोजना गरि डेढ करोड दिप प्रज्वलन गरिएको मन्दिर व्यवास्थापन समितिले जनाएको छ ।

दिप प्रज्वलन कार्यक्रममा सैनामैना लगायत अन्य पालिकाहरुबाट समेत गरि हजारौं श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको थियो । सैनामैनाको इतिहासमा पहिलोपटक डेढ करोड दिप प्रज्वलन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कंडेलले बताउनुभयो । ‘श्रद्धालु भक्तजनहरुको उत्साहजनक सहभागिताले हामीलाई उत्साह थपेको छ, हामीले एक करोड दिप प्रज्वलन गर्ने भनेका थियौं तर भक्तजनहरुको उत्सहले डेढ करोड दिप प्रज्वलन गर्न सफल भयौं’–उहाँले भन्नुभयो ।

दिप प्रज्वलनका लागि विभिन्न टोल विकास संस्था, आमा समुह र भक्तजनहरुले नाम टिपाई दिप (धागो) बनाएका थिए । पुजाको आरम्भ पश्चात श्रीमद् भागवत पाठपारायण, वेद, चण्डी, गीता पाठपारायण, रुद्राभिषेक, करोड दिप प्रज्वलन, तुलसी विवाह, श्रृंगारिक सन्ध्याकालिन महाआरती प्रज्वलन र भजन किर्तन सहितका कार्यक्रम दिनभर गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव गोकर्ण आचार्यले बताउनुभयो ।
मन्दिरको ५० औं वर्ष पूरा भएको अवसर पारि गत श्रावण २ गते देखि प्रत्येक महिनाको एकादशीमा श्रृंगारिक सन्ध्याकालिन महाआराति सहित मन्दिरमा भजनकिर्तन गरिदै आएको थियो ।

मन्दिर विक्रम सम्बत २०३१ सालमा स्थापन गरिएको थियो । अहिले नवदुर्गा मन्दिरको शैलपुत्री शक्ति पिठका रुपमा विकास गर्ने गरी गुरुयोजना सहित मन्दिरलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मीक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरि मन्दिरको पुनः निर्माणको काम थालिएको छ । जस अन्तरगत गेट निर्माण र बाउण्डरीका काम भैरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय