LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

सैनामैना, २७ कार्तिक ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुने गरि कार्यपालिकाले गरेका निर्णय सार्वजनिक गर्न थालेको छ ।
सैनामैना नगरपालिका घोषणासंगै जनप्रतिनिधि निर्वाचित भएर आएको करिव सात बर्षपछि मात्र्र कार्यपालिकाको निर्णय सैनामैना नगरपालिकाको आफ्नो वेभसाईटमा राख्न थालिएको हो ।
सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०६४, नियमावली २०६५ ले सुशासन कायम गर्न वा सेवा प्रवाहमा चुस्तता ल्याउन सूचना प्रविधिको उच्चतम प्रयोग गर्न निर्देशित गरेको छ ।सोही निर्देशित व्यवस्था अनुसार कार्यपालिकाको निर्णय सर्वसाधारण जनतालाई जानकारी वेभसाईटमा राख्न थालिएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली सैनामैना नगरपालिकामा आएपछि ज्ञवालीकै पहलमा कार्यपालिकाका निर्णय वेभसाइटमा राख्ने काम सुरुवात भएको हो ।
पालिकाबाट हुने सेवा प्रवाहबारे जानकारी दिन देशैभरका ७ सय ५३ वटै पालिकाले वेभसाईट बनाएका छन । तर कार्यपालिका बैठकको निर्णय भने धेरै कम पालिकाले मात्रै सार्वजनिक गर्दै आएका छन ।

सैनामैना नगरपालिकाले कार्यपालिका बैठकको निर्णय वेभसाईटमा राख्न सुरु गरेपछि पालिका सुशासनमैत्री तथा पारदर्शी बनेको छ । विगत केही समययतादेखि सैनामैनाका पत्रकारहरुले कार्यपालिकाको निर्णयहरु वेभसाईटमा सार्वजनिक गर्न दवाव दिदै आएका थिए । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दा आम जनतामाझ जनप्रतिनिधिमाथिको विश्वनीयता बढ्ने सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीयको अभिमत छ ।

पछिल्लोसमय सैनामैना नगरपालिकाले सूचना अधिकारीमार्फत जनताले सूचना माग गर्न गएमा नगरपालिकामा भएका निर्णय तथा विभिन्न कामहरुको सूचना प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय