LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, कार्तिक २७ ।
रुपन्देहीको सैनामैना–३, मुर्गिया स्थित नवदुर्गा भवानी शैलापुत्री शक्ति पिठमा करोड दिप प्रज्वलन गरिएको छ । मन्दिरको ५० औं वर्ष पूरा भएको अवसरमा हरिबोधनी एकादशीका दिन मंगलबार एक कार्यक्रमको आयोजना गरि करोड दिप प्रज्वलन गरिएको मन्दिर व्यवास्थापन समितिले जनाएको छ ।

दिप प्रज्वलन कार्यक्रममा सैनामैना लगाएत अन्य पालिकाहरुबाट समेत गरि हजारौं श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको थियो । सैनामैनाको इतिहासमा पहिलो पटक करोड बढी दिप प्रज्वलन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनुभयो । ‘श्रद्धालुभक्तजनहरुको उत्साहजनक सहभागिताले हामीलाई उत्साह थपेको छ, हामीले एक करोड दिप प्रज्वलन गर्ने भनेका थिएऔं तर भक्तजनहरुको उत्सहले करिब डेढकरोड दिप प्रज्वलन गर्न सफल भयौं’–उहाँले भन्नुभयो । दिप प्रज्वलनका लागि विभिन्न टोल विकास संस्था, आमासमुह र भक्तजनहरुले नाम टिपाई दिप (धागो)बनाई दिप प्रज्वलनमा सहभागी भएका थिए ।

पुजाको आरम्भ पश्चात श्रीमद् भागवत पाठपारायण, वेद, चण्डी, गीतापाठपारायण, रुद्राभिषेक, करोड दिप प्रज्वलन, तुलसी विवाह, श्रृड्डारिक सन्धयाकालिन महाआराति प्रज्वलन र भजन कृतन सहितका कार्यक्रम विहान देखि साँझसम्म गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव गोकर्ण आचार्यले बताउनुभयो ।
मन्दिरको ५० औं वर्ष पूरा भएको अवसर पारि २०८१ श्रवण २ गते देखि प्रत्येक महिनाको एकादशीमा श्रृड्डारिक सन्ध्याकालिन महाआराति सहित मन्दिरमा भजनकृतन गरिदै आएको थियो ।

मन्दिरको २०३१ सालमा स्थापन गरिएको थियो । अहिले नवादुर्गा मन्दिरको शैलापुत्री शक्ति पिठका रुपमा विकास गर्ने गरी गुरुयोजना सहित यस क्षेत्रकै महत्त्वपुर्ण धार्मीक पर्यटनको रुपमा विकास गर्ने गरि मन्दिरको पुनः निर्माणको काम समेत थालिएको छ । जस अन्तरगत गेट निर्माण र बाउण्डरीका काम भैरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय