भैरहवा, कार्तीक २७गते ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको छ ।
नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जातन खुलेका बिउ बिजको प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उदेश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।




बजारमा पाईने कमसल खालका बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरीएको उनले बताए । कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो ।
नगरपालीकाका कृषी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ,भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;




