अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ मा रहेको जिल्लाकै अग्लो ताराखसे मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै गएको छ ।
मन्दिर दर्शन गर्न तथा अवलोकनकै लागि पछिल्ला दिनहरुमा पर्यटकहरु बाक्लिदै गएका छन् । रुपन्देही जिल्लाबाट आएका पर्यटकहरु मन्दिर परिसरको अवलोकन तथा भ्रमण गरी मन्दिर अति व्यवस्थित बनाएकोमा प्रसन्नता व्यक्त गरेका छन ।



मन्दिरमा आएका पर्यटकलाई मन्दिर व्यवस्थापन समितिको तर्फबाट मन्दिर व्यवस्थापन सचिव मनिलाल न्यौपानेले मन्दिरको बारेमा जानकारी गराउनुभएको थियो । पर्यटकहरुलाई स्थानीयहरूले स्वागत समेत गरेका छन ।
पर्यटकहरूको तर्फबाट बोल्दै पर्यटकहरुले कलात्मक शैलीबाट निर्माण भएको मन्दिर घुम्नको लागि असाध्यै रमणीय रहेको बताएका छन । मन्दिरको गेटबाट पस्ने बित्तिकै भरिएको पोखरी र सिगारिएको नागथान, गणेश मन्दिर, शिव मन्दिर र श्री आकाश देवीको १३ तले मन्दिरले थप सौन्दर्यता भरेको भन्दै पर्यटकहरुले खुसी प्रकट गरेका छन ।
ऐतिहासिक तारा खसेबाट देखिने छत्र महाराज कालिका भगवती मन्दिर माझकोट र त्यस वरिपरीको रमणीय स्थानले मन नै आनन्दित बनाएको पर्यटकहरूले अनुभूति गरेको अर्घाखाँचीबाट हाम्रा प्रतिनिधि सुजन न्यौपानेले बताउनुभयो ।




