LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई सोधपुछ गरेर छाडेको छ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै गोरखा घर भई काठमाडौं बस्दै आएका अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए।

त्यसपछि प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरी बिहीबार राति नै छाडेको सिआइबी प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘उनको स्वास्थ्यमा समस्या रहेकाले हामीले छाडेका हौं, बोलाएको बेला र आवश्यक परेको बेलामा हाजिर हुने शर्तमा छाडेका हौं,’ बोगटीले भने।

अन्तर्वार्ता सार्वजनिक भएपछि सिआइबीले उनलाई मंगलबार ३ घण्टाभन्दा बढी सोधपुछ गरेर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुन भने पनि उपस्थित नभएपछि सिआइबीले पक्राउ गरेको थियो।

साथै सिआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग बुधबार सोधपुछ गरेको थियो। धमलाले सिआइबीसँग उक्त अन्तर्वार्ता हटाउने प्रतिबद्धता जनाएको एसपी बोगटीले बताए।

२०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय