LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गैडहवा । गैडहवा गाउँपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको ब्यबस्थापनमा क्लोथ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्तालाई पालिकाको मूल गेट अगाडि रहेको कपडा बैंकमा लगेर जम्मा गर्न सकिनेछ ।

संकलित कपडा, किताब, जुत्ता, झोलालाई क्लोथ एन्ड फुड बैंकले रिसाइकल ९पुन चक्रण० गर्नेछ ।रिसाइकल गरिएका कपडा लगायतका सामानलाई आकर्षक प्याकेज गरी बैंकले आफ्नो शो–रुममा राख्नेछ र आवश्यक पर्ने जो कोहीले शो रुममा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् छन ।

साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घर घरमै कपडा र झोला वितरण गर्दै आपत विपतमा परेको घर परिवारलाई समेत सहयोग गर्दै आएको क्लोथ बैंक केन्द्रिय अध्यक्ष कमल जि। सि। ले जानाकारी गराए । उनका अनुसार बैंकले ‘रिसाइकल’का लागि तिलोत्तमा नगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको र हालसम्म १६० बढी स्थानीय पालिकासँग सहकार्य भएको छ ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतित्यथामा भएको कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष पौडेलले कपडा बैंकलाई आगामी दिनमा थप प्रवर्द्धन गर्न वडा तहमा विस्तार गर्न गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । यसका लागि समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको उनले औल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय