LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कात्तिक ३०
दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।

घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय