LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कात्तिक ३०
दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।

घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय