LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

दार्चुला, । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

यसैगरी, घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनुभयो ।

चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ । २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएका छन् । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको थियो ।

यसैगरी, दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश दाहालका अनुसार जिप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल गरी आठ जना छन् । पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदै गर्दा घर नपुग्दै आठ जना जिप दुर्घटनामा परी मृत्यु भएपछि दार्चुलावासी स्तब्ध भएका छन् । जात्रामा २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भए पनि ट्राफिक नियमको पालना नभएको भन्दै आलोचना भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय