LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक ३०
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाउनुभएको हो ।

सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने ध्याउन्नमा असहयोग मात्र गरिरहेको उहाँको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

मेयर शाहले आफूहरुले फोहोर व्यवस्थानका लागि धेरै विकल्प तथा नयाँरपुराना प्रविधि हेरेको तर कार्यान्वयनमा लाग्दा अवरोध गर्ने काम भएको गुनासो गर्नुभएको छ । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा नै दर्ता गरेको र त्यो कम्पनीलाई राज्यले संरक्षण गरेको समेत उहाँको आरोप छ ।

अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच भएपनि आफूहरु नरोकिने मेयर शाहले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय