काठमाण्डौ –
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।



अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो । यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज अफगानिस्तानसँग टोली संयमित भएर खेल्ने बताएका छन् । नेपाल बुधवार भएको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो ।




