LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जनकपुरमा हुने विवाह पञ्चमीमा आउने जन्तीलाई निमन्त्रणा पत्र दिन विश्व हिन्दु परिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गर्नुभयो ।

मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्तीका लागि मधेस प्रदेश सरकारले व्यवस्थापन गर्दै आएको छ । यो त्रेता युगदेखि कायम सम्बन्ध भएकोले यसलाई निरन्तरता दिनुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।

धार्मिक पर्यटकका लागि पनि यो मत्वपूर्ण बन्ने उहाँले बताउनुभयो । त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय