LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखाको आयोजनामा आजिवन सदस्यहरु बीच अन्तरक्रिया तथा अटिजम सम्बन्धि सचेतना कार्यक्रम सैनामैनामा शनिवार सम्पन्न भएको छ ।

पर्राेहा सामुदायिक वन उपभोक्ता समूहको सभाहल मुर्गियामा भएको कार्यक्रममा बोल्दै सैनामौ नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अटिजम रोग गरिव तथा बिपन्न परिवारका बालबालिकामा भन्दा समाजमा सम्पन्न परिवारका बालबालिकामा बढी हुने गरेको बताउनुभयो ।

उहाँले यही कारणले अटिजम हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताउँदै अटीजम विभिन्न कारणले हुने भएकोले अटिजमबाट बच्न पूर्व सावधानी अपनाउनु पर्ने बताउनुभयो ।

सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै सरकारले बजेट बढाउनुभन्दा स्वास्थ्य क्षेत्रमा त्यो पनि बालबालिकाको जीवनसंग जोडिएको अटिजम रोगको निदान र नियन्त्रणमा पनि बजेट बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा अध्यक्ष मीना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अटिजम रोग सम्बन्धि सचेतनामूलक जानकारी डाक्टर शान्ता शर्माले दिनुभएको थियो ।

नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा सचिव थानेश्वर न्यौपानेले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा उपसभापति दिब्या पंगेनीले स्वागत गर्नुभएको थियो । सोही अवसरमा मायादेवी गाउँपालिकाका स्वास्थ्य शिक्षा अधिकारी स्वास्थ्यकर्मी भोजराज पोखरेलले अटिजम रोगले पार्ने प्रभावका बिषयमा जानकारी गराउनु भएको थियो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखाका पदाधिकारी तथा आजिवन सदस्यहरु बीच रेडक्रसको आगामी भूमिकालाई अझै सशक्त बनाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने बिषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय