LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा ९एमाले० का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पोख्रेल परिवार निवास घोराही उपमहानगरपालिका १५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

सिङ्गो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलले खेलेको भूमिका र गर्नुभएको योगदानलाई पार्टी पङ्क्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

दाङ जिल्लाको मात्र नभएर सिङ्गो देशको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ, उहाँले भन्नुभएको छ, “समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका छ ।” पार्टी महासचिव शङ्कर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय