LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।

 

काठमाण्डौ – सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ । अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ ।

गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । यद्यपि धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय