LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

तानसेन ।

चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । पाल्पाको तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गणना सुरु गरिएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिले जनाएको छ ।

तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय भद्रभलादमी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा आइतबारदेखि भेटी गन्न सुरु गरिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।

उहाँका अनुसार आइतबार बिहानदेखि बेलुकीसम्म २६ लाख बढी भेटी सङ्कलन भएको छ । उक्त भेटी बैङ्कमा दाखिला गरिएको बताइएको छ । बाँकी भेटीको गणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा भक्तजनले चढाएका नगदसहित बहुमूल्य धातुबाट बनेका गहनाको पनि गणना गर्ने र सार्वजनिक गरिने अध्यक्ष गाहाले बताउनुभयो । गत वर्ष १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिले जनाएको छ ।

चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ । सत्यवतीमा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले यहाँ आउने भक्तजनले चिच्याएर आफूले चिताएको वर मागेमा पूरा हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय