बम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपाल सालझण्डी उपशाखाको भवन सोमबार शिलान्यास भएको छ ।
सैनामैना नगरपालिका ११ मा आयोजित एक समारोहका बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले भवनको शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समाजलाई सही बाटोमा हिँडाउने र मानिसलाई भित्रैदेखि सही बाटोमा हिँडनुपर्छ भन्ने पाठ सिकाउन इश्वरिय विश्वविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।



उहाँले मानिसलाई सवैभन्दा पहिला आफूभित्रबाट सफा बन र मात्रै समाज सफा बन्छ भन्ने पाठ सिकाउने इश्वरीय विश्वविद्यालयको भवन हामी सवैको साथ, समर्थन र सहयोगबाट निर्माणको काम सम्पन्न हुने दिशामा हाम्रो हात होस्टेमा हैंसे गरेर उठने विश्वास ब्यक्त गर्नुभयो ।
ब्रम्हाकुमारीज नेपाल इश्वरिय विश्वविद्यालय नेपालकी केन्द्रिय वरिष्ठ सह निर्देशक एवं बुटवल अध्यक्ष कमला दिदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ब्रम्हाकुमार सालझण्डी उपशाखा संचालक समिति सचिव नवराज खनालले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन बम्हाकुमारी बृन्दा दिदीले गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख बिना राना र सैनामैना नगरपालिका ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, ब्रम्हाकुमारी नेपाल क्षेत्रीय उपाध्यक्ष सिमा दिदी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यसैगरी भवन शिलान्यास समारोहमा ब्रम्हाकुमारीज नेपाल इश्वरिय विश्वविद्यालय नेपालकी केन्द्रिय वरिष्ठ सह निर्देशक एवं बुटवल अध्यक्ष कमला दिदीले आशीबर्चन प्रदान गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश सरकारले भवन बनाउन १४ लाख रुपैया सहयोग प्रदान गरेको छ भने चिन्तामणि घिमिरेको नेतृत्वमा जग्गा प्रदान गरिएको छ ।
कार्यक्रमको संचालन ब्रम्हाकुमार ऋषिराम न्यौपानेले गर्नुभएको थियो । त्यस अवसरमा राजयोग अभ्यास, परमात्मा स्मरण र राष्ट्रिय गान प्रस्तुत गरिएको थियो




