LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।आइतबार छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको नेतृत्वमा छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ र ६ भित्रका होटल, गल्ला किराना, फेन्सीकपडा, फलफूल तथा तरकारी पसलहरु, मासु पसल लगायतका पसलहरु अनुगमन गरेको छ ।

अनुगमनको क्रममा केहि पसलहरु दर्ता नगरी संचालन गरिएको, पसलहरुमा म्याद गुज्रेका खाद्य सामाग्रीहरु राखिएको भेटिएको थियो । यसरी दर्ता नगरी संचालन गरिएका ब्यवसायीलाई ७ दिन भित्र दर्ता गर्न आग्रह गरिएको छ भने म्याद गुज्रेका सामाग्रीहरुलाई नस्ट गरिएको छ।
त्यसैगरी दर्ता नगरी अबैधरुपमा राखिएको मदिरालाई नियन्त्रण लिई सबैको रोहवरमा गाउँपालिकामा ल्याएर राखिएको छ ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्योग अधिकृत दुर्गा न्यौपाने, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका लेखापाल ओमप्रकाश श्रेष्ठ, छत्रदेव गाउँपालिका घरेलु शाखा प्रमुख कृष्णप्रसाद पन्थी, अर्घातोष प्रहरी चौकी प्रमुख रामअचल यादव, उद्योग बिकास सहजकर्ता खडानन्द भुसाल, पत्रकार केशब पन्थी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय