LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुल्मी
। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।

“जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान” कार्यक्रमअनुसार गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडा अनुदान उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि– २०८० को परिच्छेद –२ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिर्इ खेती गरेका किसानले कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा १५ रोपनीभन्दा माथि लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने, एकवर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्षको र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षको सम्झौता भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय