LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै सचिवमा मेघराज अर्याल, कोषाध्यक्षमा लेखनाथ गैरे र सदस्यहरुमा जे.एन.पाण्डे, सुनिल पोख्रेल, कुलराज अधिकारी, लक्ष्मण अर्याल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसअघि मंगलबार भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेलले राज्यले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाए पनि व्यवहारमा संस्थागत विद्यालयलाई अझै विभेद गरेको बताउनुभयोे ।

कार्यक्रममा लुम्विनी प्रदेश सहसचिव कृष्णप्रसाद शर्मा लगायतले साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । प्याब्सन सैनामैना अध्यक्ष टोपलाल भट्टराईले सैनामैना नगर प्याब्सनले रचनात्मक काम गरेको बताउनुभयो ।

नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान समेत गरेको भट्टराईले जानकारी गराउनुभयो ।

प्याब्सन सैनामैनाको नगर अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको कोषाध्यक्ष शुसिला शर्माको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय