LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मंसिर ६,
१४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला भएको छ ।

गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत रङ्गसिवुथापोनले अरू १३ जनाको पनि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

पक्राउ परेपछि उनले आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको जिकिर गरेकी थिइन् । तर शव परीक्षण गर्दा मृतकको शरीरमा साइनाइड विषादी भेटिएको थियो । त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा महिलाले सन् २०१५ देखि यस्तै १३ वटा हत्या गरेको पाइएको थियो ।

प्रहरीका अनुसार सररतलाई जुवाको लत थियो र उनले पैसा तिर्नुपर्ने साथीहरूलाई लक्षित गरेर हत्या गरेकी थिइन् । उनले केही साथीहरूको गहना र बहुमूल्य वस्तुहरू चोरी गरेकी थिइन् ।

प्रमाण लुकाएको आरोपमा दोषी ठहर भएकी महिलाका पूर्वपति, एक जना प्रहरीका पूर्वअधिकारी र उनका वकिललाई अदालतले यसअघि नै जेल सजाय सुनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय