LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छोडिएको छ ।

स्थानीय समुदायको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सिमसार क्षेत्रको रूपमा विकास गरिदै गरेको १२ बिघा तालमा रोहु र नैनी जातका माछाका भुरा छाडिएको हो । उक्त पोखरीमा बाह्रै महिना पानी हुने र चरा चुरूङ्गीको समेत वासस्थान रहेकोले १२ बिघा पोखरीलाई सिमसार क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक दिपक भुसालले खोलामा बिषादी छर्केर माछा मार्नेक्रम बढिरहेको बताउँदै त्यसबाट प्राकृतिक जलचर नष्ट हुने अवस्थामा पुगेको बताउनुभयो । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईकालागि उपयुक्त मानिने भएकोले वातावरणलाई असर गर्ने कुनैपनि क्रियाकलाप गर्न ऐनले रोक लगाएपनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले नदी दोहन बढ्दा खोलामा प्रदुषण बढेको र त्यसकै कारण स्थानीय जातका माछा नष्ट हुँदै गएको बताउँदै माछाले प्राकृतिक सन्तुलन कायम गर्न सहयोग पु¥याउने भएकोले खोला, नदी तथा तालका माछा संरक्षण गर्न आग्रह गर्नुभयो । निर्देशक भुसालले माछाको प्रजनन बृद्धिमा समेत सहयोग गर्ने र ताललाई सफा राख्न माछाले सहयोग पु¥याउने भएकोले आगामी दिनमा तालमा छोडिएका माछा संरक्षण गर्न स्थानीय समुदायसंग आग्रह गर्नुभयो ।

१२ बिघा पोखरीहरुलाई पर्या पर्यटनसंग जोडने गरि नगरपालिकाले बजेट समेत विनियोजन गरि सफाई अभियान सञ्चालन गरिसकेको सैनामैना नगरपालिकाले जनाएको छ । पोखरीको क्षेत्रफल १२ बिघा रहेकोले पोखरीको नाम नै १२ बिघा पोखरी राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय