LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची,

। सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ । सुपादेउरालीमा वार्षिक एक करोड रुपियाँबराबर भेटी सङ्कलन हुन्छ । सो रकमबाट सन्धिखर्क र शीतगङ्गा नगरपालिकाभित्र रहेका केही विद्यालयमा आर्थिक सहयोग हुँदै आएको छ ।

सन्धिखर्क नगर अन्तर्गतको आदर्श मावि, खाँचीकोट, शीतगङ्गा नगरपालिकाको सीतापुर आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान हुँदै आएको छ ।

शिक्षा क्षेत्रमा मासिक एक लाख ६० हजारभन्दा धेरै सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सबहादुर केसीले बताउनुभयो ।

सन्धिखर्कमा गौशाला र वेद विद्याश्रम, सिद्धेश्वर मन्दिरलगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष केसीको भनाइ छ । मन्दिरको भेटीबाट गाउँमा विद्युतीकरण, शौचालय निर्माण, सडक निर्माण, भूकम्प तथा दुःखमा परेका समुदायमा सहयोगलगायतका सामाजिक कार्यमा वार्षिक लाखौँ रकम खर्च गर्ने गरिएको छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलब तथा विकास निर्माणका काममा खर्चेर बाँकी रहेको रकम बैङ्कमा बचत गर्ने गरिएको केसीले बताउनुभयो । मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरवासी खुसी छन्  ।

महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडकमार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपादेउराली मुख्य सडकमार्गमा अवस्थित छ । शीतगङ्गा नगरपालिका–२ र सन्धिखर्क नगरपालिका–७ को सिमानामा सुपादेउराली मन्दिर पर्दछ ।

प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृङ्खला अन्तर्गत पहाडको खोचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ भक्तजन आउने गर्छन् । २०४२ सालमा मन्दिर निर्माण भए पनि परापूर्वकालदेखि पूजाआजा गर्ने शक्तिपीठका रूपमा सुपादेउराली चर्चित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय