LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ –

विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । सत्तारुढ नेकपा  एमाले ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ ।

यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन । ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ ।

एमालेले दरबारमार्गमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको एमाले नेताहरुको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय