LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिर उदघाटनमा आयोजित पूजाआजामा सरिक हुनुभएको छ ।
शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका पूर्व राजा शाहलाई समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता, राजावादीहरु लगायतले स्वागत गरेका थिए ।

यसैबीच लुम्बिनी स्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उदघाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहकाबीच उदघाटन गरिएको हो ।
बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले गुम्बाको औपचारिक उदघाटन गरेका हुन् ।

उदघाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । उहााले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

यस्तै उदघाटन समारोहमा कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामाले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताउनुभयो ।

विहार उदघाटन अघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह« स्थविरको स्तुती एबम पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिनुभयो ।

महायानी परम्परा अनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विहारको उदघाटन लगत्तैको पुजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय