LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

बुटवल ।

पश्चिम क्षेत्रको आर्थिक तथा व्यापारिक केन्द्र हो, बुटवल । यही बुटवल सहरमा वर्षैभरि मेला महोत्सव गर्न भन्दै करिब एक अर्ब लगानीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण थालिएको थियो । तर, २०७६ सालमा सुरु भएको प्रदर्शनी केन्द्रको म्याद सकिँदा पनि निर्माण भने सकिएको छैन ।

पश्चिम क्षेत्रको प्रमुख सहर बुटवलमा नियमीत व्यापारिक मेला र प्रदर्शनी गरी आर्थिक गतिविधी बढाउन भन्दै यो प्रद्धर्शनी केन्द्र बनाइएको हो । बुटवलको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र ६ दशमलव ४ बिगाह क्षेत्रफलमा फैलिएको छ । करबाहेक एक अर्ब दुई करोडको लागतमा सहरी विकास मन्त्रालयले देशकै ठूलो र नवीन प्रविधिमा प्रदर्शनी केन्द्र निर्माण गरेको हो ।

बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग(अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । प्रदर्शनीका बाहिरी संरचना सकिए पनि भित्री संरचना र फिनिसिङका काम भने बाँकी छन् । गत असोजमा निर्माणको म्याद सकिए पनि निर्माण कम्पनीले काम भने गरिरहेको छ ।

प्रदर्शनी केन्द्रको भवन आवश्यकता अनुसार अलग(अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ एकैपटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन् । १२ हजार स्क्वायर मिटरमा निर्माण भएको ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुन सक्ने छन् ।

प्रदर्शनी केन्द्रमा एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका बैठक हल छन् । सबै निर्माण सकिँदा झन्डै साढे ८ सय स्टल सहभागी हुन सक्ने छन् । प्रदर्शनी केन्द्रको निर्माणले उत्साहित बुटवलका व्यवसायीहरुले जतिसक्दो छिटो निर्माण सकेर उपयोगमा ल्याउन माग गरेका छन् ।

‍बुटवलमा विसं २०४५ देखि बर्सेनि औद्योगिक प्रदर्शनी तथा व्यापारिक मेला गर्ने गरिएको छ । स्थायी प्रदर्शनी केन्द्र निर्माणले बर्सेनि अस्थायी केन्द्र निर्माणमा हुने खर्च घट्ने छ भने उद्योगी व्यवसायीहरुलाई वर्षभरी व्यापारिक मेला तथा प्रदर्शनी लगायतका आर्थिक गतिविधि गर्न सहज हुने छ ।

प्रदर्शनी केन्द्र निर्माणकै चरणबाट यही भवनमा ३ वर्ष यता औद्योगिक प्रदर्शनी भइरहेको छ । यस वर्ष पनि पुस ३ देखि बुटवल उद्योग संघले औद्योगिक व्यापार मेला आयोजना गर्दैछ।

कोभिड र आर्थिक मन्दीले बुटवलको व्यवसाय र आर्थिक कारोबार घटेको छ । केही समययता लुम्बिनी प्रदेशको राजधानी दाङ सरेपछि प्रशाशनीक र व्यवसायिक गतिविधिलाई साँघुरो बनाएको छ ।

यस्तोमा प्रदर्शनी केन्द्रमा नियमित व्यापारिक गतिविधि गरेर व्यवसाय चलायमान बनाउन र बुटवललाई लयमा फर्काउन केही सहयोग हुने स्थानीय व्यवसायीहरु बताउछन् । यसर्थ प्रदर्शनी केन्द्रका बाँकी काम छिटो सकेर प्रयोगमा ल्याउन सरकारले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय