LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत जिल्लाका टिमले सहभागिता जनाउने भएका छन ।

प्रतियोगिताको संरक्षकमा सैनामैना नगरपालिका रहेको छ भने र सैनामैना नगरपालिका वडा नं. ७ र रुपन्देही त्रिकेट संघ रुपन्देही सहयोगी भूमिकामा रहेको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा खेल प्रतियोगिताका संयोजक कृष्ण ज्ञवालीले सैनामैना ७ को लम्टैयाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तीन बर्षपछि क्रिकेट प्रतियोगिता हुन लागेको बताउनुभयो । उहाँले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भएकोले प्रतियोगितामा रुपन्देही लगायतका जिल्लाबाट १२ देखि १५ टिम सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगिताका आयोजक स्टार स्पोर्टस क्लबका अध्यक्ष खिमराज पोखरेलले खेल र खेलाडीलाई उर्जा प्रदान गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकार, खेलाडी र आयोजकबीच नङ र मासुको सम्बन्ध भयो भने खेल सफल हुने बताउनुभयो । उहाँले यो खेल प्रतियोगितालाई जसरी हुन्छ सफल बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, दोश्रो पुरस्कार २५ हजार ५ सय २५, म्यानअफ दि म्याचलाई प्रत्येक खेलमा ५ सय नगद, म्यान अफ दि सिरिजलाई तीनहजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय