LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल ।

रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीलाई म्याद गुज्रीएको औषधी प्रयोग गरेको पाइएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई म्याद गुज्रीएको ‘सलाइन पानी’ चढाइएको पाइएको उनका आफन्तहरुले जनाएका छन् ।

 

गत सोमबारदेखि अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ५५ वर्षीय शुसिल सिंघललाई म्याद गुज्रीएको औषधी दिइएको उनका भाई मनोजकुमार अग्रवालले  जानकारी दिए ।

नोभेम्बर २०२२ मा उत्पादन भएको उक्त औषधीको म्याद अक्टोबर २०२४ मा समाप्त हुने स्पष्ट उल्लेख गरिएको भए पनि अस्पताल फार्मेसीले विक्री गरिराखेको बिरामीका आफन्तले गुनासो गरे ।

बिरामीको स्वास्थ्यमा हालसम्म कुनै सुधार नहुनु र म्याद गुज्रीएको औषधी प्रयोग गरेको भेटिनुले उपचारमा गम्भिर लापरवाही भएको आफन्तको आरोप छ । शनिबार साँझ निमोनिया पीडित सिंघललाई चढाइएको सलाइन म्याद गुज्रीएको पाइएपछि आफन्तहरुले आइतार अस्पताल प्रशासनमा पुगेर प्रश्न उठाएका छन् ।

 

यस विषयमा जानकारी लिनका लागि अस्पतालका प्रशासनका मनमोहन भट्टराई तथा जनसम्पर्क प्रमुख चन्द्रकान्त बस्याललाई पटक–पटक फोन सम्पर्क गरे पनि उनीहरुको फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय