LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौको सिनामङ्गलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

सिनामङ्गलको जन्मभूमि होटलको बरन्डाको रेलिङमा पासो लगाएको अवस्थामा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट नेपाल आएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट माझी दम्पतीले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिजो बेलुका पौने ७ बजे होटलमा पुगेका थिए ।

आज बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाण्डौ उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय