LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मङ्सिर १० गते । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलोमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नं को ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर। ६ का ३१ वर्षीय दीपक दाहाल र मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ को श्याम बजगाईँ रहेका आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा सवार दुई जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ । मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २७ को सुसन बि क र ट्रकका सहचालक रामेछाप घर बताउने वर्ष २१ को मानबहादुर वि क घाइते छन् । मानबहादुरको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेकाले एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै मकवानपुर हेटौडा उप महानगर पालिका वडा नम्बर १८ बस्ने वर्ष अं ६० को दलबहादुर ।कोइरालाको शरीरको विभिन्न भागमा चोट लागेकाले अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष २८ को दिनेश पुडासैनी अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय