LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

तौलिहवा, मङ्सिर १० गते । कपिलवस्तुमा पाटेबाघको छाला अखेटोपहार सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।

सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि बिहार बरण्डामा शङ्कास्पद अवस्थामा उभिएका रुपन्देही बुटवल उप महानगरपालिका ५ गोलपार्क बस्ने ४१ वर्षीया विष्णुप्रसाद भट्टराई पक्राउ परेका हुन् ।

खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।

उक्त छाला टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाइ भएको, पुच्छरको भाग २ फिट २ इन्च लम्बाइ भएको चार वटा दाह्रा, चारै खुट्टाको पञ्जाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । बरामद वन्यजन्तुको छाला, लु ५८ प ९७५५ नम्वरको मोटरसाइकलसहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय