LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं ।

स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।

 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार काठमाडौंबाट हेडौटातर्फ आउँदै गरेको बा। प्र। ०३–००१ ज ०७६५ नम्बरको इभी माइक्रोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

कुशवाहबाट युएस डलर १२ हजार, पाठकबाट युरो १४ हजार र माण्डावतको साथबाट २० यूएस डलर हजार बरामद भएको छ । बरामद रकम नेपाली रुपैयाँ ६२ लाख ९० हजार ३५ बराबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय