LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्युठान

। नेकपा एमाले प्युठानले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ । जिल्लामा रहेका नौ वटा पालिकामध्ये आठ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।

पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि मङ्सिर ८ गतेदेखि १५ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनेको नेकपा ९एमाले० प्युठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो । उहाँले सम्बन्धित पालिकाको सबै वडा अधिवेशन सकेर पालिका अधिवेशन भइरहेका छन् ।

झिमरुक गाउँपालिकाको अधिवेशन सम्पन्न भइसकेको र आज सरुमारानी गाउँपालिकाको अधिवेशन हुँदै गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। सङ्घीय संरचनापछि बनेका वडा तथा पालिकाको यो दोस्रो अधिवेशन हो । पार्टी एकता÷विभाजन लगायतका कारण समयमै वडा तथा पालिका अधिवेशन हुन नसकेको एमाले प्युठानले जनाएको छ ।

अधिवेशनका क्रममा ज्येष्ठ कम्युनिष्ट नागरिकलाई सम्मान गर्ने, पार्टी प्रवेश लगायतका कार्यक्रम तय गरिएको छ । अधिवेशनहरूमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा खटिनुभएको छ । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापा सबै पालिका अधिवेशनमा सहभागी हुने एमाले प्युठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय