LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडी पार्क वषौँदेखि प्रयोगविहीन छ ।

यसलाई प्रयोगमा ल्याउन र संरक्षण गर्नमा सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् । उल्टै देखेको नदेखेजस्तो गरेर आँखा चिम्लिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन हुँदासमेत स्थानीय सरकार र सरोकारवालाको ध्यान जान नसकेको यहाँका स्थानीयको गुनासो छ ।

रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५०–५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण भएको लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । ५५ लाखको निर्माणपश्चात् रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा गरी १० लाखभन्दा बढी रकम मर्मतमा खर्चेको छ ।

६५ लाख बढी खर्चिएको पार्कमा अहिले झार पलाएको छ । त्यसको प्रयोगमा कसैले ध्यान दिएको छैन । यसका साथै केही संरचना भाँचिएका छन् भने पार्कमा सडक बालबालिकाले रजाइँ गर्ने गरेका छन् ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले थ्रिडी पार्क निर्माण गरेर राज्यको रकम दुरुपयोग भएको बताउनुभयो । नागरिकले सरकारलाई खबरदारी गर्ने पहिलेको लाँकुरी मञ्चलाई हटाएर निर्माण गरिएको संरचनाले राज्यको रकम दुरुपयोग हुनु र सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पार्क सञ्चालनका लागि आफूले समन्वय गर्ने बताउनुभयो । राज्यको लगानीलाई यसै खेर जान दिन नहुने भन्दै प्रयोगविहीन अवस्थामा नराख्ने उहाँको भनाइ छ ।

रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीका अनुसार नगरभित्र निर्माण सम्पन्न भएका संरचनालाई सञ्चालनमा ल्याउनेगरी योजना बनाएको बताउनुभयो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको थ्रिडी पार्कलाई निजी क्षेत्रलाई सञ्चालनका लागि दिनेगरी व्यवस्था गरिएको उहाँको दाबी छ ।

उक्त स्थानमा कफीसप बनाएर सञ्चालन गर्नेगरी निजी क्षेत्रसँग सम्झौता गरिएको र केही समयभित्र सञ्चालनमा आउने उहाँको भनाइ छ । यसका साथै सरकारी सम्पत्तिको संरक्षण र सञ्चालन गर्न आफूहरु सदैव तयार रहेको बताउँदै केही समय ढिला हुन गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय