LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

विश्वविद्यालय अनुदान आयोगको आयोजना र लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको प्राविधिक सहयोगमा बुटवलमा लुम्बिनी प्रदेशमा रहेका क्याम्पसहरुका लागि प्रोक्युरमेन्ट एण्ड फाईनान्सियल म्यानेजमेन्ट सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशका २६ क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले पछिल्लोसमय क्याम्पसमा विद्यार्थीहरुको संख्या घटदै गएकोले चिन्ता उत्पन्न भएको बताउनुभयो ।

उहाँले ५ सय ५ वटा क्याम्पसमध्ये १ सय ७८ वटा १ सय ७८ वटा सामुदायिक क्याम्पसमा विद्यार्थीहरुको संंख्या एकसयभन्दा कम रहेको तथ्याँक सार्वजनिक भएकोले अव विश्वविद्यालय अनुदान आयोगले दिने अनुदानमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था आईरहेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयले दिने अनुदानको प्रभाव कस्तो परेको छ, त्यो अहिलेसम्म परिक्षण नगरिएको बताउँदै विश्वविद्यालय अनुदान आयोगले दिएको अनुदानले विद्यार्थी संख्या बढेको वा क्याम्पसको गुणस्तर बढेको छ वा छैन नहेरेको बताउनुभयो । सचिव भण्डारीले अव विश्वविद्यालय अनुदान आयोगले दिएको सहयोगको औचित्य पुष्टी भयो कि भएन भन्ने कुरा परिक्षण गर्नुपर्ने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले विश्वविद्यालय अनुदान आयोगले क्याम्पसहरुलाई दिने अनुदानको बिषयमा परिवर्तन भएका नीति नियमहरुको बिषयमा जानकारी दिने यस प्रकारका अभिमुखीकरण कार्यक्रमले क्याम्पसहरुलाई खरिद प्रकृया लगायतका योजना बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी संख्या घटदै गएका क्याम्पसहरुलाई एक आपसमा मर्ज गर्नेतर्फ प्रकृया अघि बढाउने तयारी गरेको जनाएको छ । त्यसका लागि मर्ज प्रकृयालाई कसरी सहज बनाउने भन्ने बिषयमा आगामी दिनमा समेत छलफल गर्ने विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसहरुको भौतिक पूर्वाधार विकासमा ठूलो सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय