LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अबको १५ दिनमा बुटवलमा मुख्य चोकहरुमा ट्राफिक लाईट जडान हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोकहरुमा ट्राफिक लाईट जडानको काम सुरु गरेको हो ।

बुटवल–बेलहिया ६ लेन सडकमा ट्राफिक ब्यवस्थापनको लागि भन्दै बढि भिड हुने चोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको उमहानगरपालिकाले जानकारी दिएको छ ।

विहिवार बुटवलको कालिका चोकमा ट्राफिक लाइट जडानको लागि शिलान्याश गरिएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गर्दै अबको १५ दिन भित्रमा बुटवलको कालिका चोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाईट जडान हुने बताउनु भएको छ ।

सडक सुरक्षालाई मध्येनजर गर्दै उपमहानगरले छाडा चौपाया नियन्त्रणबाट काम सुरु गरेको बताउँदै उहाँले अहिले बुटवलका मुख्य–मुख्य चोकहरुमा ट्राफिक लाईट जडानको काम सुरु भएको बताउनु भयो ।

शान्ति सुरक्षा कायम राख्नको लागि बुटवलका मुख्य स्थानहरुमा सिसि क्यामेरा जडानको काम सकिएको समेत मेयर पाण्डेयले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनु भयो ।

 

उपमहानगरपालिकाको बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिनुभयो ।

ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न गर्न तीन महिनाको म्याद भए पनि १५ भित्रमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले आश्वासन दिएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय