LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले हिजो बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो ।

विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ । दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ ।

विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । सन् २०२५ जनवरी १२ सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् । विभागसँग अहिले झन्डै १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दात छ । विभागले मासिक औसत १ लाखको पासपोर्ट वितरण गर्दै आएको छ ।

यस्तो अवस्थामा अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्था छ । विभागका महानिर्देशक तीर्थराज अर्यालले ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पुर्‍याएर छिट्टै सम्झौता हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय