LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

 

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्नुहुँदै कुलपति एवम् प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ ।
प्रधानमन्त्रीले लुम्बिनी विश्वकै पबित्र थलो रहेको चर्चा गर्दै लुम्बिनी बौद्धमार्गीको मात्र नभै शान्तिप्रिय मानिसको आस्थाको केन्द्र हो भन्दै यो क्षेत्रको संरक्षण र विकास तथा यो स्थानलाई पबित्र धर्मस्थलको रुपमा सरकारले विकास गर्न लागेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताउनुभयो ।
अभिभावकको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुबर्णलाल बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय