LIVE
प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न | सरकारी विज्ञापन बारेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो | सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा | बुधवार कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षा र हिमपातको सम्भावना | लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न |

मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षण ल गायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताउनुभएको छ ।

‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषयमा बिहीबार साँझ भैरहवामा भएको छलफलमा उहाँले विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले बुटवल र भैरहवा मात्र नभई लुम्बिनीवासीमा उत्साह भरेको बताउँदै सङ्घीय सरकारलाई यहीँबाट प्रक्रियागत सबै काम सम्पादन गर्ने अधिकार प्रत्यायोजन गर्न आग्रह गर्नुभयो ।

विमानस्थल सञ्चालन भएपछि लगानीको वातावरण बनेको बताउँदै मुख्यमन्त्रीले उद्यमी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । साथै उहाँले लगानीमैत्री वातावरण निर्माणमा बाधक कानुन संशोधन गर्न आफू तयार रहेको बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेश भ्रमणको वातावरण सरकारले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुप लगायत संघ संस्थाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उद्यमी, व्यवसायीले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थालेपछि आफूहरूमा पर्यटन उद्योग फस्टाउने आशा पलाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय