LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशको आयोजनामा एक्सन फर इन्क्लुसिभ प्रोजेक्ट अन्तरगत अपांगता भएका ब्यक्तिहरुको संघ संस्थाको लागि प्रदेशस्तरीय क्षमता बिकास सम्वन्धि दुई दिने तालिम सैनामैनामा सुरु भएको छ ।

तालिमको उदघाटन शुक्रबार एक समारोहका बीच सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष घिमिरेले स्थानीय सरकारले अपांगहरुको क्षेत्रमा सहयोग गर्दै आएपनि त्यो पूर्ण हुन नसकेको बताउँदै आगामी दिनमा सहयोगलाई अझै बृद्धि गर्न सकिने विश्वास दिलाउनु भयो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपांगहरुको क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा अपांगता भएकाहरुको अधिकारको रक्षाका लागि महासंघले आवाज उठाउँदै आएको बताउनुभयो ।

उहाँले तालिमको उद्देश्यका बिषयमा प्रकाश पार्दै सदस्य संस्थाहरुको क्षमता बिकास गर्ने, अपांगता सम्वन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउने, सदस्य संस्थाहरु बीचको सिकाई आदानप्रदान गर्ने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

तालिमको सहजीकरण शिव ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रमको स्वागत व्यवस्थापक धिरेन्द्र बिकले गर्नुभएको थियो भने संचालन लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय