LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ् हाई स्कुलमा शुक्रबार दीप साँस्कृतीक महोत्सव २०८१ आयोजना गरिएको छ ।
कक्षा तीनदेखि १२ कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको कार्यक्रममा विद्यार्थीहरुले धर्म, संस्कृती, रिती रिवाज र पर्वका बारेमा आ–आफ्ना प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, प्राचार्य टिकाराम न्यौपाने, विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त कृयाकलापमा अब्बल बनाउनका लागि सबैखाले ज्ञान दिन आवश्यक रहेको उल्लेख गर्दै दीप साँस्कृतीक महोत्सवले त्यो अवसर दिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले हिन्दु, मुस्लिम, क्रिश्चियन लगायतका धर्म, रितिरिवाज, पर्वहरुको संस्कृति प्रस्तुत गरेका थिए भने ब्राम्हण, क्षेत्री, गुरुङ, मगर, ठकुरी, मैथिली लगायतका संस्कार र पर्वका बारेमा आफ्नो प्रस्तुत प्रदर्शन गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रावि, निमावि र मावि तहका विद्यार्थीहरुले छुट्टाछुट्टै प्रस्तुतीहरु देखाएका थिए भने उत्कृष्ट प्रदर्शन गर्ने समुहहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय